काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको छ ।
कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३–०७४ वर्षमा ५ सय ३० वटा उजुरी परेका थिए ।
गत वर्षको उजुरी संख्या ४ सय ४८ मात्र रहेको छ । कार्यालयले उजुरी संख्या घट्दै गएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर आएका उजुरीमा महाशाखाले जवाफ दिने गरेको थियो ।
महाशाखाका सहसचिव आलोकचन्द्र श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट आएका उजुरी र प्रश्नको प्रधानमन्त्री कार्यालयले समयभित्रै जवाफ पठाउने गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया