अब गायक सुगम पोखरेलको आवाज कामना सेवाको आवाज

५ बर्ष अगाडि

कामना सेवा विकास बैंक र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । 

यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिनु भएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरे ।

गायक पोखरेलले आफूलाई अबसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया