आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ४.६ अंकले उकालो लागेको छ ।
कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले उकालो लागेको हो ।
आज १४४५.५४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४४६.७७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४४५।५४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६८ कम्पनीको ८ लाख ७७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४४ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया