नेपाली प्रचलन अनुसार चाडपर्वमा बिहानै पुजापाठ गरेर आशिष आदान प्रदान गरिन्छ । तर आज हिन्दुहरुले मनाउने नागपञ्चमीको दिन बिहानै प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेललाई भने एकाबिहानै गालीको वर्षा भएको छ ।
आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाले गरेको निर्णयको विषयमा पार्टीका अध्यक्ष प्रचण्डले शुक्रबार बोलेको नक्सा सम्बन्धी विषयलाई लिएर फेसबुकमा टिप्पणी गरेपछि उनले गाली पाएका हुन् ।
उनले प्रचण्डप्रति लक्षित गर्दै लेखेका छन् ‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको ?’
यसअघि हिँजोमात्र उनको आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा प्रकाशित गर्नुपर्छ भनेको र प्रधानमन्त्री पनि सहमत भएपछि त्यहीँबाट मुख्य सचिवलाई फोन गरेर सरकारले ल्याउने नीति तथा कार्यक्रममा नक्साको विषय थप्न लगाएको बताएका थिए ।
तर पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै प्रचण्डले निर्णय गराउने दलाल, जसले ढिला गर्यो उसकै देवत्वकरण भएको धारण राखेका थिए ।
आफ्नै अध्यक्षले सार्वजनिक गरेको पार्टीले गरेको निर्णयमाथी टिप्पणी गर्दै बिहानै फेसबुकमा स्टाटस लेखेपछि आफ्नै कार्यकर्ता मूुख्यमन्त्री पोखरेलमाथी खनिएका छन् ।
आलोचना गर्नेमध्ये धेरैले मूख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले पार्टीले गरेको निर्णयको विषयमा हल्का टिप्पणी गर्न नहुने भन्दै गालीगलौतमा उत्रीएका छन् । फेसबुकमा बम बहादुर सामल लेख्छन् ‘मुख्य मन्त्री ज्यु तपाईंको अनुशासन मा साच्चिकै खडेरी लागेकै होरुतिमी साच्चिकै पार्टी एकता बिरोधि नै होरुभएको सत्य कुरो पचाउन सक्दैनौं भने किन राजनीतिक गर्छौ दाङ मा गएर खेत जोतेर बस।होईन भने यस्ता ताइन तुइका कुरो पोस्ट नगर।यो प्रचण्डले मात्र भनेका होइनन् सचिवालय का सबै नेताहरूले भनेका हुन् नक्सा जारी गर्न हामीले लगाएका हौ भनेर पटकपटक भनेको सुन्ने कान छैन् ?’
त्यस्तै कतिपयले उनलाई भ्रम फैलाउने काम नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता महेश आचार्यको टिप्पणी छ ‘तपाईं जतिको नेताले यस्तो घटिया कुरा गर्ने अरु प्रम हुनु भएको बेला अहिलेको जस्तो सबै सहज थियोे । यस्तो गम्भीर विषयमा कुरा उठाउन देशको राजनैतिक परिस्थिति थियोे रुरु भ्रम फैलाउने काम बन्द गर्नुस् सहि सत्य बोल्नुस पदिय लाज मान्नुस् ।
कतिपयले जिम्मेवार व्यक्तिले सामाजिक सञ्जालमा मनपरी लेख्न जायज नहुने बताएका छन् । फेसबुकमा राम शालिक नाम राखेका व्यक्तिले ‘कुर्सीमा बस्नेले काम गर्ने कि अरुलाई गाली गरेर बस्ने हो ?’ भनेर प्रश्न गरेका छन् ।
त्यस्तै मूख्यमन्त्री पाेखरेलकाे स्टाटसमा राज्य र पार्टीकाे जिम्मेवारीमा रहेका व्यक्तिहरूले समेत टिप्पणी गर्दै फेसबकमा अनसन्तुष्टि नपाेख्न भनेका छन्र । प्रदेश याेजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, नेकपा नेता पूर्ण कार्की लगायतले सरकारको नेतृत्वमा रहेकाको नाताले प्रधानमन्त्रीको नाम आएको तर स्वतः पार्टी नेता मन्त्रीमण्डल अनि संसदमा रहेका सबै दल र ब्यक्तिले पाउने नै भएको भन्दै भनाई तोडमोड गर्न नहुने बताएका छन् ।
प्रतिक्रिया