नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै देशभर पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,३७४ पुगेको छ। अहिलेसम्म ४४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
मन्त्रालयका अनुसार कोभिड१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १२,९४७ रोगमुक्त भएका छन्।
अधिकांश सङ्क्रमितमा रोगको लक्षण नै नदेखिएको तर पीसीआर परीक्षणमा कोरोनाभाइरस पाइएको सरकारको भनाइ छ।
प्रतिक्रिया