सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियम सम्बन्धी सम्झौता

५ बर्ष अगाडि

सेलपे सेवाले महालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । 

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफका ग्राहकले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ । 

अब सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया