नेप्से परिसूचक १० अंकले बढ्यो, १ अर्बको माथिको कारोबार

५ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन (आज बिहिबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक  बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातमा ओरोलो र कारोबारको अन्तिम समयमा  उकालो यात्रा गरेको नेप्से परिसूचक आज भने १० अंकको हारहारीमा उकालो लागेको हो ।

आज १४३३.२५ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४४२.६२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि ०.७४अंकले बढेकोे लागेको छ । आज कारोबारका लागी आएका  १२ उपसूचक मध्य १० उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १८७ कम्पनीको ३३ लाख ९२ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
    
 


 

५ बर्ष अगाडि

प्रतिक्रिया