सूर्या लाइफ इन्स्योरेन्स गुल्मी शाखाले बीमीतको परिवारलाई दाबी रकम भुक्तानी गरेको छ ।
बीमीत धुर्कोट गाउँपालिका २ पिपलधारा निवासी बिमला जोगी कुँवरको मृत्यु भएपछि उनका श्रीमान शिवराज जोगी कुँवरलाई बुधबार मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।
तीन बर्ष अगाडी १५ बर्षको लागि एक लाख ५० हजारको सुर्या संरक्षित साबधिक जीवन बीमा योजना अन्तरगत बीमा गराएकी बिमलाले बीमा किस्ताबापत ३३ हजार १११ कम्पनीमा बुझाएकी थिइन् ।
उनको मृत्यु भएपछि कम्पनीले नियमअनुसार एक लाख ७१ हजार छ सय रुपैँया मृतकका श्रीमान्लाई हस्तान्तरण गरेको सूर्या लाइफ इन्स्योरेन्स जिल्ला शाखा गुल्मीका कर्मचारी महेश पन्थीले बताए ।
कम्पनीका गुल्मी शाखा प्रमुख अर्जुन पोखरेलले बीमा बापतको रकम हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा एजेन्सी म्यानेजर लक्ष्मी पोखरेल, मनिसा पोखरेल, एलिजा थापा श्रीस, अभिकर्ता रस्मिता भण्डारी, गिता थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया