आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३.७ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुमा ओरोलो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले ओरालो लागेको हो ।
आज १४३३.२५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४२९.४२ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४३३.२५ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.२१ प्रतिशतले भटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १८० कम्पनीको १३ लाख ५० हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया