काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पछिल्लो एक महिनामा चीन र भारतको भ्रमण गरेका छन् । उनले दुवै देशको भ्रमण सफल भएको बताएका छन् । उनी पहिले भारत गए र त्यसपछि चीजन तर्फ लागे । चीनबाट पनि बुधबार नै उनी फर्किएका छन् । उनले राजनीतिक सम्बन्ध विस्तार , आपसी हित र द्विपक्षीय चासोका विषयमा भ्रमण सफल भएको दावी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतले प्रचण्डले छिमेकीसँगको सम्बन्धलाई थप मजबूत बनाउन र राष्ट्रिय हितका लागि प्रयोग गर्न भ्रमण सफल भएको बताएका छन् ।
नेपालको समकालीन राजनीतिक नेतृत्वमा विविभन्न उतार चढाव खेपेको, राजनीतिक रुपमा पनि असाध्यै उतार चढावमा नै रमाउन सक्ने, देशलाई आवइश्यक परेको बेला बोल्ड निर्णय गर्न सक्ने विशेष क्षमता भएका प्रचण्डले सरकारले विगतमा गरेका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्न तथा गराउन भ्रमण केन्द्रित रहेको बताएका छन् । उनले आपसी सद्भाव वृद्धिबाट नै राष्ट्रिय लक्ष्य पूरा हुन सक्छ भन्ने मान्यताका साथ काम भएको र आफूले भ्रमण केन्द्रित गरेको विषयलाई प्रमुखताका साथ अगाडि सारेका छन् । प्रचण्डले राष्ट्रिय हित र जनताको चाहना अनुसार नै आफूलाई राजनीतिमा सक्रिय बनाएका छन् । राजनीतिक रुपमा होस् वा एजेण्डागत रुपमा पनि प्रचण्ड सधै चर्चाको केन्द्रमा छन्, देशलाई राजनीतिक नेतृत्व दिइरहेका छन् ।
सरकारले आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको छ । तर सरकार कता हराए जस्तो, कता रुमल्लिइरहेको जस्तो भइरहेको बेला प्रचण्डले दुई छिमेकीको विश्वास जितेर आफूलाई थप अब्बल सावित गरिदिएका छन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत शीर्ष नेताहरुसँग भेटवार्ता गरेर नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा नै उनले योगदान गरेका छन् । उनले नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न र नेपाली नागरिमाथि हुने ज्यादती रोक्न समेत भारतका उच्च राजनीतिक नेतृत्वको ध्यानकर्षण गराएका छन् ।
यस्तै उनले चीन भ्रमणका क्रममा समेत त्यहाँका उच्च राजनीतिक नेतृत्वलाई नेपालको आर्थिक विकास र समृद्धिको लक्ष्यलाई पहिल्याउन सहयोग गर्न आग्रह गरेका छन् । हिमालय सीमापार रेलमार्गको विस्तार, सम्पर्क सञ्जालमा जोड तथा लगानीको अभिवृद्धिका लागि उनले सकारात्मक पहल मात्रै गरेका छैनन्, हामी साच्चै राजनीतकि आर्थिक रुपमा पनि सबल बन्दै गएका छौ भन्ने सन्देश दिएका छन् । उनले ठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सहयोग गर्न र आपसी हित तथा चासोलाई समेत सम्बोधन गर्न आग्रह गरेका छन् ।
दुई ठूला छिमेकी देशले आर्थिक विकास र समृद्धि गर्ने, नेपाल भने सधै गरिबी, अशिक्षामा रहँदा त्यसबाट छिमेकीलाई समेत फाइदा नहुने भन्दै प्रचण्डले कुनै पनि स्वार्थ नराखी नेपालको विकासमा सहयोग गर्न दुवै छिमेकीलाई आग्रह गरेका छन् । उनले नेपालको विकास भए मात्रै त्यसको श्रेय छिमेकीलाई समे जाने भन्दै स्वार्थ रहित सहयोग गर्न समेत आग्रह गरेका छन् । उनले सन्तुलित सम्बन्धको विकासमा विशेष जोड दिएका छन् । उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेका छन् । त्यसकारण प्रचण्डको छिमेकको भ्रमण सफल मात्रै होइन रणनीतिक महत्वको रहेको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया