एक जना नयाँ कर्मचारी नियुक्त गर्दा ५ लाख खर्च, लाेकसेवामा वर्षमा ६० करोड सकिन्छ

५ बर्ष अगाडि

सरकारी जागिरको पदपूर्तिका लागि परिक्षा लिने निकाय लोक सेवा आयोगले एकजना कर्मचारी नियुक्त हुँद सम्म ५ लाख भन्दा धेरै खर्च गर्ने गरेको छ । 

देशमा निजामति सेवाको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल तथा अन्य संघीय सरकारी सेवा र संगठीत संस्थाको पदपूर्ति गर्ने आयोगले पदपूर्तिको लागि प्रतिव्यक्ति ५ लाख १२ हजार ५ सय ७६ रुपैयाँ खर्च गरेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा आयोगले ६० करोड १७ लाख ६४ हजार खर्च गरेर कूल १ हजार १ सय ७४ जना पदपूर्ति गरेको थियो ।

कूल पूर्ति भएका पदहरुको हिसाव गर्दा प्रतिव्यक्ति ५ लाख १२ हजार ५ सय ७६ रुपैयाँ खर्च गरेको देखिएको छ ।  

ति पदका लागि आयोगले २५७ वटा विज्ञापन प्रकाशित गरी दरखास्त माग गरेकोमा कुल १ लाख ४४ हजार १७९ दरखास्त परेका थिए । 

दरखास्त परेका व्यक्ति अनुसार हिसाव गर्दा आयोगले परिक्षा सञ्चालनको लागि मात्रै प्रति व्यक्ति रु ४ हजार १ सय ७४ खर्च गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया