जीवन बीमा कम्पनीहरुले उठाए करिव १ खर्ब बीमाशुल्क, कुन कम्पनीको कति ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्ष २०७६÷७७ जीवन बीमा कम्पनीहरुले रु. ९४ अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेको छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार गत आवमा १९ बीमा कम्पनीहरुले यतिका बीमाशुल्क संकलन गरेको हुन् ।
यो अघिल्लो आव २०७५÷७६ को भन्दा २४ अर्बले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले रु. ७० अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेका थिए । 
कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण बीमाशुल्क संकलन कमी आउने भनिएपनि सोचेअनुरुप ह्रास नआएको कम्पनीहरुको भनाइ छ । गत आवमा १ खर्ब रुपैयाँ जीवन बीमाशुल्क उठाउने लक्ष्य लिइएको थियो । कोरोना भाइरसको महामारी नआएको भए त्यो लक्ष्य पुरा हुने कम्पनी भनाइ छ । 

गत आवमा बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रु. २८ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको एलआईसी नेपालले १५ अर्ब ३१ करोड, तेस्रो स्थानमा रहेको नेशनल लाइफले ९ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 
यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । उक्त कम्पनीले ७ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 
यस्तै, २ बर्ष अघि सञ्चालनमा आएको युनियन लाइफ इस्योरेन्सले अन्य कम्पनीलाई पछि पार्दै आफुलाई ५ औं स्थानमा ल्याउन सफल भएको छ । उक्त कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

कुन कम्पनीको कति बीमाशुल्क (रु. करोडमा)
१. नेपाल लाइफः २८३९
२. एलआईसी नेपालः १५३१
३. नेशनल लाइफः ९२१
४. राष्ट्रिय बीमा संस्थानः ७०५
५. युनियन लाइफः ४८०
६. एसियन लाइफः ४५४
७. मेट लाइफः ४१५
८. प्राइम लाइफः ३३१
९. सुर्या लाइफः ३२०
१०. गुराँस लाइफः २१९
११. सिटीजन लाइफः १९६
१२. ज्योति लाइफः १८९
१३. रिलायवल लाइफः १६०
१४. रिलायन्स लाइफः १४०
१५. आईएमई लाइफः १४०
१६. प्रभु लाइफः ११८
१७. सन नेपाल लाइफः १११
१८. महालक्ष्मी लाइफः ८७
१९. सानिमा लाइफः ८२
 

५ बर्ष अगाडि

प्रतिक्रिया