८ सय ९० अर्ब राजस्व उठाउने लक्ष्य : आन्तरिक राजस्वलाई ४ खर्ब ५० अर्ब र भन्सारलाई ४ खर्ब ४० अर्ब

५ बर्ष अगाडि

सरकारले आन्तरिक राजस्व र भन्सार विभागलाई ८ खर्ब ९० अर्ब राजस्व असुल गर्ने लक्ष्य दिएको छ । अर्थ मन्त्रालयले मातहतका विभागलाई राजस्व असुलीमा चुस्त हुन निर्देशन दिँदै राजस्व संकलन गर्ने २ निकायलाई लक्ष्य दिएको हो । 

जस अनुसार चालु आर्थिक वर्षमा आन्तरिक राजस्व विभागलाई ४ खर्ब ५० अर्ब र भन्सार विभागलाई ४ सय ४० अर्ब राजस्वको लक्ष्य दिइएको छ । ब

यो वर्ष सबैभन्दा धेरै राजस्व आयकरबाट असुल गर्ने लक्ष्य लिइएको छ। चालु वर्षमा २ खर्ब १० अर्ब राजस्व आयकरबाट असुल गर्ने लक्ष्य लिइएको छ।

गत वर्ष यो शिर्षकमा २ खर्ब १७ अर्ब २६ करोड राजस्व संकलन भएको थियो। तर चालु वर्षमा कोभिड(१९ ले असर गरेपछि यो लक्ष्य कम राखिएको मन्त्रालयले जनाएको छ। यस्तै मूल्य अभिवृद्धि कर ९भ्याट० बाट १ खर्ब १२ अर्ब असुल गर्ने लक्ष्य लिइएको छ।

गतवर्ष यो शिर्षकमा ९८ अर्ब २२ करोड राजस्व संकलन भएको थियो। यसैगरी अन्तशुल्कबाट ९५ अर्ब ७८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ। गत वर्ष यो शिर्षकमा ६४ अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो।

यो वर्ष सबैभन्दा धेरै राजस्व पुस महिनामा असुल गर्ने लक्ष्य लिइएको छ। यो महिना विभागले ७२ अर्ब २ करोड राजस्व संकलन गर्ने लक्ष्य बनाएको छ। यस्तै आर्थिक वर्षको अन्तिम महिना असारमा  ७१ अर्ब ६८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ।

विभागले चालु वर्षमा २४ नयाँ कार्यालयहरु थप गरी ८४ वटा कार्यालय पुर्याएको छ। विभागले ठूला करदाता, कावासोती, मध्यमस्तरिय करदाता, भरतपुर, सिमरा, लिलतपुर१, बुटवल, वीरगञ्ज, भैरहवा, पुतलिसडक कर कार्यालयलाई क्रमश धेरै राजस्व उठाउने लक्ष्य दिएको छ।   

  

५ बर्ष अगाडि

प्रतिक्रिया