साताको चौथो कारोबारका दिन (आज बुधबार)नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ ।
कारोबारको शुरुवातबाटै ओरालो यात्रा गरेको नेप्से परिसूचक आज भने १७ अंकको हारहारीमा ओरालो लागेको हो ।
आज १४५३.१६ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४३२.४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटीभ सूचक पनि ३.९० अंकले घटेको छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य २ उपसूचक मात्र बढे्का छन् ।
त्यस्तै, आज कारोबारका लागी आएका १८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
प्रतिक्रिया