आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १०.३६ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १० अकंले ओरालो लागेको हो ।
आज १४५३.१६ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४३९.५९ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४५३.१६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.७१ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा मा उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६२ कम्पनीको ८लाख ९८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया