बाढी पहिलोलाई लक्षित गरि बीमा पोलिसी बनाइदैं, कसरी गर्न सकिएला बाढी पहिरोको बीमा ?

५ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले बाढी पहिरोबाट हुने क्षतिको सुरक्षण गर्ने गरि छुट्टै बीमा पोलिसी बनाउने भएको छ । मुलुकमा बाढी पहिरोले ठुलो मात्रामा जनधन तथा भौतिक संरचनाको क्षति गरेपछि समितिले यस सम्बन्धमा बीमा पोलिसी नै बनाउन लागेको हो । 
बिशेषगरि स्थानीय तहसँगको सहकार्यमा बीमा गर्न मिल्ने गरि बीमा पोलिसी बनाउन लागिएको हो । हाल उक्त बिषयमा बीमांकीय मुल्यांकनको काम भइरहेको समिति एक स्रोतले जानकारी दिएको हो । 

एउटै बीमालेखबाट प्याकेजमा एउटा स्थानीय तह भित्रका सम्पुर्ण आवास तथा भौतिक सम्पत्तिको बीमा गर्न मिल्ने गरि बीमा पोलिसी निर्माण गर्न लागिएको समितिको भनाइ छ । पछि बाढी पहिरोका कारण बीमित सम्पत्तिमा क्षति पुगेमा तोकिएको मात्रामा दावी भुक्तानी दिने गरि बीमालेख निर्माण भइरहेको बताइएको छ । यस्तै, बाढीबाट मानिसमा हुने क्षतिलाई बीमा मार्फत कभर गर्ने बिषयमा छलफल भएको समितिको भनाइ छ ।
यसमा बीमाशुल्क कति लाग्छ भन्ने बिषयमा अझै टुंगो भने लागेको छैन । बीमांकीय मुल्यांकनको प्रक्रिया सकिएपछि त्यो टुंगो लाग्ने समितिको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया