को बन्ला लगानी बोर्डको नयाँ सीईओ, यी हुन् सटलिस्टका ६ प्रतिस्पर्धी

५ बर्ष अगाडि

काठमाडौं – लगानी बोर्डको नयाँ सीईओका लागि आवेदन दिएका १२ जना आवेदक मध्ये ६ जनाको नाम सर्टलिस्टमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा बनेको एक उपसमितिले ६ जनालाई सर्टलिस्टमा राखेको हो । 
उक्त उक्त सटलिस्ट अर्थमन्त्री डा. यवराज खतिवडाको सयोजकत्वमा बनेको समितिमा जानेछ, त्यसपछि उक्त समितिले ३ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । त्यसैको आधारमा मन्त्रीपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्ने छ । नयाँ सीईओ कार्यकाल ४ बर्षको हुनेछ ।

प्राप्त जानकारीअनुसार पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विद्युत् नियमन आयोगका सदस्य रामकृष्ण खतिवडा र  सेजका पूर्व कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्ट सर्टलिस्टमा परेका छन् । यस्तै, पूर्वबैंकर सुमन शर्मा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वैदेशिक लगानी सम्बन्धी विद्यावारिधि गरेका डा. सरोज कोइरालाको नाम पनि सटलिस्टमा परेको छ । 
साविकका सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि अहिले उक्त पद रिक्त छ । त्यसपछि नयाँ सीईओ नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया