काठमाडौं – नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण नामक हात्तिको चित्र भएको रू. १००० को नयाँ नोट चलचलनमा ल्याएको छ ।
केन्द्रीय बैंकले मंगलवार एक सूचनामार्फत नयाँ नोट बुधबारदेखि चलनचल्तीमा जानकारी दिएको हो ।
नोटमा साबिकको हात्तीको तस्वीरभन्दा नयाँ हात्तीको तस्वीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईओटा हात्तीको फोटो हुनेछ ।’
बुधवारदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया