सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेण्टहरु खोल्न दिने भएको छ ।
मन्त्रीपरिषदको साेमबारकाे बैठकले तोकिएको मापदण्ड पालना गर्नेगरि होटल तथा रेष्टुरेण्टहरु खोल्न दिने निर्णय गरेको मंगलबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधिसुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
त्यसैगरि मन्त्रीपरिषदले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन भदौ १ देखि सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । उनका अनुसार ट्रेकिङ्ग, ट्राभल कम्पनीहरुले पर्वताराेहण बुकिङ पनि भदौ १ देखि खोल्ने निर्णय भएको छ ।
यस्तै भदौ १ देखि यात्रुबाहक सवारीसाधनहरु छोटो दूरीमा र अन्तर्जिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय भएको छ ।
यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
विद्यार्थी भर्ना र परिक्षा सञ्चालन भदौ १ देखि गर्न दिने निर्णय भएको डा. खतिवडाको भनाई छ ।
प्रतिक्रिया