लगातार २ दिनसम्म उच्च दरले बढेको शेयर बजार कारोबार नेप्से सूचक साताको तेश्रो दिन घट्न थालेको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि उच्च दरले बढेको नेप्से सूचक मंगलबार १.०२ प्रतिशतले घटको हो ।
आइतबार नेप्से उच्च दरले बढेर तीनपटकसम्म सर्किट लागेपछि एक घण्टामै बजार बन्द भएको थियो। सोमबार पनि लगातार दोस्रो पटकसम्म सकारात्मक सर्किट लागेको नेप्से मंगलबार भने १४.९९ अंकले ओरालो लागेर १ हजार ४४९ विन्दुमा झरेको छ।
मंगलबार १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल १२ उपसमूहको कारोबार भएकामा ४ उपसमूहका सूचक बढेका छन् भने बाँकी उपसमूहका सूचक नकारात्मक छन् । कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ। उपसमूहमध्ये यस दिन होटलहरुको शेयरमूल्य बढेको छ भने हाइड्रोपावरको शेयर मूल्य घटेको छ।
कारोबारमा आएका कम्पनीमध्ये मंगलबार एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर भाउ सबैभन्दा बढी १०५ ले बढेको छ । सबैभन्दा बढी गुमाउने हिमाल दोलखाको भाउ ९.८०५ ले घटेको हो । मंगलबार १४ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेर हिमालयन डिस्टिलरी खरिदबिक्री रकममा अगाडि रह्यो ।
प्रतिक्रिया