नेकपाद्वारा सरकारको ध्यानाकर्षण : विपदमा परेकाहरुको उद्धार, राहत, उपचार र पुनर्स्थापना प्रभावकारी बनाउ

५ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रकृतिक विपदमा परेकोहरुको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

आज सम्पन स्थायी कमिटीको चौथो बैठकले उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

साथै बैठकले क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न पनि आग्रह गरेको छ । 

जेठ ३० गते यता यो वर्ष मनसुन शुरु देखि मंगलबारसम्म नेपालमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण २३३ जनाको ज्यान गएको छ ।  ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । 
विपद्का कारण २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका कारण सयौँ परिवार घरबारबिहीन र बिस्थापित भएका छन् । 

नेकपाले विपद्को यो अबस्थामा आफ्ना सम्पूर्ण सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूलाई   स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन पनि निर्देशन गरेको छ । 

लगातारको बर्षाका कारण अहिले पनि तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया