काठमाडौं – सिभिल लघुवित्त वित्रिय संस्था लिमिटेडले १०० प्रतिशत मात्रामा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले आगामी साउन २५ गतेदेखि नै हकप्रद शेयर निष्काशन गर्नलागेको हो ।
कम्पनीले चुक्तापुँजीको शतप्रतिशत मात्रामा हकप्रद शेयर निकाष्शन गर्न लागकेो हो । हाल लघुवित्तको चुक्तापुँजी रु. ११ करोड ४१ लाख १४ हजार रहेको छ, जसअनुसार कम्पनीले साउन २५ गतेदेखि ११ लाख ४१ हजार १४० कित्ता हकप्रद जारी गर्नेछ।
लघुवित्तका लगानीकर्ताले एक कित्ता शेयर बराबर १ कित्ता शेयरमा आवेदन दिन पाउने छन् । आवेदन दिने मिमि भदौ १४ गतेसम्म तोकिएको छ ।
लगानीकर्ताले प्रतिकित्ता रु. १०० मा नै उक्त शेयर पाउने छन् ।
कम्पनीका अनुुसार असार १४ गतेसम्म कायम शेयरधनीले मात्रा यसमा आवेदन दिन पाउने छन् ।
लघुवित्तको हकप्रद शेयर बिक्री प्रवन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । छ । केयर रेटिङ नेपालले यस हकप्रदलाई ग्रेड ४ रेटिङ दिएको छ ।
प्रतिक्रिया