आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ०.५० अंकले उकालो लागेको छ ।
कारोबार सुरुमा ओरोलो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १ अकंले उकालो लागेको हो ।
आज १४७२.४३ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४६५.४४ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४७२.४३ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.०३ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ वटा उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७९ कम्पनीको २७ लाख ८२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ९८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया