आज देशका ५४ जिल्लामा बाढी आउन सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

५ बर्ष अगाडि

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बाढीको उच्च जोखिममा रहेका स्थान सार्वजनिक गर्दै उच्च सतर्कता अपनाउन जनतालाई अपील गरेको छ । विभागले बाढी पूर्वानुमान बलेटिन सार्वजनिक गर्दै देशका ५४ जिल्लाका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको हो । 

विभागका अनुसार आज सबैभदा धेरै खतरा नारायणी तथा कोशी नदि र सहायक नदिहरुका आसपासमा रहेको छ ।  आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तहभन्दा भाथि हुने भएकोले नवलपरासीको सुस र आसपासमा डुवानको उच्च जोखिममा रहेको विभागले जनाएको छ । ‘आज बिहानको मापन अनुसार नारायणी र यसका केहि सहायक दिमा बहाव खतरा आसपासमा च भने कोशी र यसका सहायक नदीमा सतर्कता आसपास रहेको छ’ विभागले भनको छ, ‘तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाई सरक्षित रहनुहुन अनुरोध छ ।’ 

त्यस्तै काठमाडौं उपत्यकाको बामती र सहायक नदिमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । पूर्वी राप्ती, कन्काई, कमला, बागमती, पश्तिम राप्ती, बबई र यसका केही सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको विभागको भनाई छ । 

विभागले आगामी २४ घण्टामा नारायणी, कोशी सहित कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढेर सतर्कता असपास हुने कन्काई, कमला, बागमती, पश्चिम राप्तीका केही सहायक नदिका साथै पूर्वि राप्ती, तिनाउ, रिउखोला लगायतमा आकस्मिक बहाव भई खतरा आसपास पुग्ने जनाइएको छ । 

त्यस्तै विरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, बुढीखोला, त्रियुगा, माउली, गगान, खाडो, रातो, चुरियाखोला, लालबकैया, बाणगंगा लगायत प्रदेश १, २ र ५ तथा गण्डकी र दुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने प्राय सबै नदीमा बहाव बढ्ने भएकोले खतरा रहेको छ । 

आज पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा लगायत प्रदेश २ को सबै जिल्लाहरु, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौं उपत्यका, गोरखा, धादिङ, तनहुँ, स्याङजा, पर्वत, कास्की, म्याग्दी, बागलुङ, चितवन, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, रुकुम, रुपन्दही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी भएर बहने साना नदिमा आकस्मिक बहावको संभावना रहेको विभागले जनाएको छ । 

कर्णाली र महाकाली नदिमा पनि बहाव बढ्ने तर सतर्कताको तहभन्दा तलै हुने महाशाखाले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया