महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउण्टर संचालन

५ बर्ष अगाडि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेको छ । 

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउण्टरको औपचारिक रुपमा उद्घाटन गरे ।

कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पाउने बताए । करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए । 


यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउण्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउण्टर विस्तार गरिएको बताए । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१औं एक्सटेन्सन काउण्टर हो । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया