पहिलो घण्टामै दुई पटक सकरात्मक सर्किट लागेको शेयर बजार अन्तत घट्यो, यस्तो छ आजको कारोबार विवरण

५ बर्ष अगाडि

काठमाडौं – सोमबार कारोबार सुरु भएको केही समयमा नै दुई पटकसम्म सकरात्मक सर्किट लागेको शेयर बजार अन्तिम समयसम्म आउँदा भने घटेको छ । आज पहिलो पटक ४  प्रतिशत र अर्काे पटक ५ प्रतिशतले  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेपछि क्रमशः २० मिनेट र ४० मिनेट कारोबार बन्द गरिएको थियो । तर, त्यसपछि खुलेको शेयर बजार भने निन्तर घट्दै गएको छ । 

३ बजेसम्म आउँदा नेप्से परिसुचक १४.०९ अंक अर्था्त ०.९५ प्रतिशतले घटेर १४६४.९४ विन्दुमा सिमित भएको छ । आज ११ बजे १५३९.३७ विन्दुबाट शेयर कारोबार खुल्ला भएको थियो । आज नेप्से परिसुचक १५५६.२० विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि शेयर बजार घटेको हो । 
नेप्सेकाअनुसार आज २ अर्ब ८० करोड २२ लाख ३३ हजारको शेयर कारोबार भएको छ । यस्तै, १८१ कम्पनीको ७० लाख १  कित्ता शेयरको ३३ हजार ४३३ पटक कारोबार भएको छ । 
आज बैंक तथा वित्तिय संस्था र म्युचल फण्ड बाहेकका क्षेत्रको शेयर मुल्य समग्रमा घटेको छ । 
आज एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको २० करोड बराबरको कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक लगायतका कम्पनीको पनि उच्च कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया