काठमाडौं – मञ्जुश्री फाइनान्सले गत आर्थिक बर्ष २०७६÷७७ मा रु. २८ करोड खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा करिब ४ गुणले बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ७ करोड ३१ लाख नाफा कमाएको थियो ।
समिक्षा अवधीमा कम्पनीको सञ्चालन मुनाफा मा रू. १९ करोड ७१ लाख पुगेको हा
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ । यस्तै, रू. ५ अर्ब ८१ करोड कर्जा प्रवाह भएको वित्तिय विवरणमा देखिन्छ ।
कम्पनीले प्रवाहित कर्जाबाट समिक्षा अवधीमा रू. ३८ करोड ५ लाख खुद ब्याज आम्दानी गरेको छ । कम्पनीलको वितरणयोग्य मुनाफा भने रू. ११ करोड ९४ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. रू. ८१ करोड ८१ लाख रहेको छ । वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ३४.३४ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात ८.९७, तरला अनुपात २२.५७ र प्रति शेयर नेटवर्ट १४८.४० रहेको छ ।
प्रतिक्रिया