काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सको बिक्री नभएको हकप्रद शेयर साउन १९ गते लिलामीमा बिक्री गरिने भएको छ । यस अघि हकप्रद शेयर निष्काशन गर्दा ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन नपरेपछि सो शेयर लिलामीमा बिक्री गर्न लागेको कम्पनीले बताएको छ ।
कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो । तर, त्यसमा यतिका कित्ता शेयरमा आवेदन परेको थिएन ।
इच्छुक व्यक्ति वा संस्थाले साउन १९ गते तोकिएको स्थानमा गएर बोलकबोल विधि मार्फत उक्त कम्पनीको शेयर खरिद गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मुल्य रु. १०० तोकिएको छ, आवेदकले सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने बताइएको छ । साथै, उनीहरुले भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्ने बताइएको छ ।
एक व्यक्तिले न्यूनतम १०० कित्तामा आवेदन दिनुपर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया