शेयर बजार खुलेको केहि मिनेटमा नै पहिलो पटक सकारात्मक सर्किट लागेको नप्से परिसुचक दोस्रो पटक पनि खुल्नासाथ फेरि सर्किट लागेको छ।
नेप्से परिसुचक दोस्रो पटक ५प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
११ बजेर २१ मिनेटमा दोस्रो पटक सकारात्मक सर्किट लागेको हो ।
आज १५३९.३७ विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सकारात्मक सर्किट ब्रेक हुदाँ १५५३.०६ को विन्दुमा पुगेको कारोबार रोकिएको छ ।
यस अवधीमा ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार अहिलेसम्म २ लाख २३ हजार शेयरको ८ सय ६४ पटक कारोबार भएको छ । हालसम्म १२२ कम्पनीको कारोबार भएको छ ।
प्रतिक्रिया