प्रस्ट माइक्रोफाइनान्सले गत आवका कति नाफा कमायो ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा ५ दशमलव ४७ प्रतिशतले बढेको छ । लघुवित्तले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तले गत आवमा रु. १३ करोड ९७ लाख नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा रू. १३ करोड २४ लाख नाफा कमाएको थियो । 
कम्पनीले समिक्षा अवधीमा रु. ३० लाख ७४ हजार खराव कर्जा उठाएको देखिन्छ । 
यस्तै, कम्पनीले समिक्षा अवधमिा रू. ५ अर्ब २३ करोड सापटि लिएर रू. ५ अर्ब ५४ करोड कर्जा प्रवाह वित्तिय विवरणमा उल्लेख छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ८० करोड रहेको छ । जगेडा कोषमा २४ करोड ७९ रुपैयाँ रहेको देखिन्छ । 

समिक्षा अवधीमा लघुवित्तले रु. २२ करोड ४१ लाख खुद व्याज आम्दानी गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी. १७ दशमलव ४५, मूल्य आम्दानी अनुपात ३१ दशमलव ८१, तरलता अनुपात ११ दशमलव ४५ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ९६ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया