प्रुडेन्सियल इन्स्योरेन्सले आव २०७५/७६ को लाभांश नदिने

५ बर्ष अगाडि

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आथिंक बर्षको २०७५/७६ को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीले आज एक पत्र मार्फत नेपाल स्टक एक्सजेन्जलाई जानकारी दिएको हा । 
उक्त आवको वित्तिय विवरण एनएफआरएस प्रणाली बमोजिम तयार गर्दा बिभिन्न तोकिएका मापदण्ड पुरा गर्दा लाभांश प्रस्ताव गर्ने अवस्था नआएको कम्पनीको भनाइ छ । 
कम्पनीले आव २०७४/७५ मा पनि लाभांश दिन सकेको थिएन ।  त्यस अघिको वर्ष २०७३/७४ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ नगद लाभांश दिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया