नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो पटक सकारात्कम सर्किट लागेको छ ।
नेप्से परिसुचक ४ प्रतिशतले बढेपछि ११ः६ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।
आज १४१०.९८ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । अहिले १४.५१२१ विन्दुमा पुगेको नेप्से कारोबार रोकिएको छ ।
यस अवधीमा ३ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार अहिलेसम्म १ लाख ८ हजार शेयरको ३ सय ८७ पटक कारोबार भएको छ ।
हालसम्म ८१ कम्पनीको कारोबार भएको छ ।
आज कारोबार भएको ६ मिनेटमा नै ४ प्रतिशतले नेप्से घटेपछि पहिलो पटक सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द हो ।
प्रतिक्रिया