गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

असार १४ गतेदेखि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन खुला गरेको हो । 

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द ९बुकक्लोज० गरेको थियो। 

यसअनुसार फागुन २१ गतेसम्म कायम  सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । 

इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन

क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। 

हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया