प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।
गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलीनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाई छ । उहाँका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् ।
ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।
प्रतिक्रिया