शिखर इन्स्योरेन्सको ३० % हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

असार १४ गतेदेखि  बिक्री खुला गरेको शिखर इन्स्योरेन्स को ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद निष्काशन खुला गरेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो।

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १३ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यस अनुसार फागुन १२ गते सम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आईपीओ ग्रेड ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। 

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट माघ १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। 

५ बर्ष अगाडि

प्रतिक्रिया