घरमै बसेर दक्ष प्राविधिक खोज्न अब ‘खोज सेवा’

५ बर्ष अगाडि

 सेवाग्राही र सेवा प्रदायक बीचमा सीधा सम्पर्क हुने गरी इजी एक्सेस प्रा।लि।ले ‘खोजसेवा डटकम’ सुरु गरेको छ । 


कुनै पनि कामका लागि कामदार वा प्राविधिक खोजी रहेका सेवाग्राही र कामको अवसर खोजेर बसिरहेका कामदार वा प्राविधिक बीचको सिधा सम्पर्कको माध्यम हो खोजसेवा । 


यो सेवाले तपाईलाई कुनै कामका लागि आवश्यक प्राविधिक खोज्न बजारसम्म जानुपर्ने, मोलमोलाई गर्नुपर्ने, काम भरपर्दो र चित्त बुझ्दो नहुने प्राविधिक ज्ञानको अभावमा अनावश्यक पैसा खर्च हुने, समयमा काम नहुने जस्ता झण्झटबाट मुक्त गर्नेछ । 


घरको सामान्य काम गर्ने मान्छे नपाएर हैरान हुँदा अथवा पाएर पनि उसको काम गराई चित्त बुझेको छैन भने अथवा तपाईलाई प्राविधिक ज्ञान नभएर सामान्य कामका लागि पनि बढी खर्च भएको महसुस गर्नुभएको छ भने खोज सेवाको बेबसाइटमा गई सेवा लिन सकिन्छ । 

यसको लागि खोज सेवाको वेभसाइटमा गएर अनिवार्य रुपमा अकाउण्ट खोल्नुपर्नेछ । अकाउन्ट खोल्नका लागि मोवाईल नम्वर अनिवार्य हुन्छ । आफुले गराउन चाहेको काम समय र ठाउँको विवरण भर्नुपर्नेछ । 

खोजसेवाले कामको विवरणलाई त्यो काम गर्ने कामदार वा प्राविधिक सम्म पु¥याउने छ । तपाईले भरेको विवरणका आधारमा सम्वन्धित कामको दक्ष कामदारले उसले लिने पारिश्रमिक र दिने सेवासमेत उल्लेख गरी तपाईलाई सम्पर्क गर्नेछन् । 

तपाईले चित्त नबुझेको अवस्थामा सीधा नेगोसिएसन गर्न सक्नुहुनेछ । र चित्त बुझेमा कामदारलाई बोलाउन सक्नुहुनेछ । खोज सेवाले एकातिर तपाईको समय र पैसाको बचत गर्नेछ भने अर्कोतिर उचित शुल्कमा गुणस्तरीय काम समयमै उपलब्ध हुनेछ । 

अहिलेको व्यस्त दैनिकीमा तपाईको हरेक मिनेट बहुमुल्य छ । खोज सेवाले तपाईको समयको सम्मान गर्दै घरमै बसेर सबैखाले कामदार वा प्राविधक कामका लागि दक्ष जनशक्ति र त्यस्ता व्यक्तिको खोजीमा रहेका सेवाग्राही बीचमा सीधा सम्पर्क गराउनेछ । 

शहरी जनजीवनका लागि खोजसेवा एउटा कोसेढुंगाका रुपमा स्थापित हुने विश्वास गरिएको छ । ‘हामीले यो सेवा सेवाग्राही र सेवा प्रदायकबीच सीधा सम्पर्क गराउने उद्देश्यले सुरु गरेका हौं,’ इजी एक्सेस प्रा।लि।का प्रवन्ध निर्देशक दिपक चिन्तनले भने, ‘खोज सेवा प्रयोग गर्ने सेवाग्राहीले घरमै बसेर भनेकै समयमा खोजे जस्तो दक्ष प्राविधिकबाट  न्युनतम शुल्कमा काम गराउन सक्नेछन् भने सेवा प्रदायकले खोज सेवाको बेबसाइटको माध्यमबाट कामको अवसर पाउने छन् ।’ 

खोज सेवाले कामको खोजीमा घरघरमा भौंतारिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेको छ । अझ कोरोना संक्रमण जस्तै संक्रमक रोगहरु फैलिएको बेला कामदारको खोजी गर्नु त झनै जटिल काम हो । 

हेर्दा सामान्य देखिए पनि त्यस्ता कामहरु तपाई र तपाईको परिवारको दैनिकीसँग जोडिएका हुनाले त्यसले तपाई र परिवारलाई निकै ठुलो सकस पार्दछ । खोज सेवा तपाईका यी र यस्तै खाले समस्यालाई घरमै बसेर गुणस्तरीय किसिमले समाधान गर्नका लागि निकै प्रभावकारी हुने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया