खुर्सिद अन्सारीलाई सहिद घोषणा, तीन डीअाईजी एअाईजीमा बढुवा

७ बर्ष अगाडि

काठमाडौं–सरकारले अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । उनको बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएको हो । 
उनको मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गरेको हो । 
शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको जानकारी दिए । 

बैठकले तीन डीआईजीहरु पुस्कर काकी, ठूले राई र  धिरु बस्नेतलाई एआईजीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया