प्रधानमन्त्रीकाे चर्को आलोचना गर्ने डा. भट्टराईले गरे मौद्रिक नीतिको प्रशंसा

५ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल राष्ट्रबैंकले ल्याएको मौद्रिक नीति सकारात्मक सकारात्मक भएको प्रतिकृया दिएका छन् । 

शनिबार बिहान ट्वीट गर्दै डा. भट्टराईले मौद्रिक नीति मार्फत केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा रहेको प्रतिकृया दिएका छन् ।

‘केही आशा गरिएका अर्थमन्त्रीबाट पटकपटक निराश बनेको अवस्थामा त्यति नचिनेका गभर्नर बाट मौद्रिक नीति मार्फत केही सुधारात्मक कुरा आउनु कालो बादलमा चाँदीको घेरा मान्नुपर्छ’, उनले भनेका छन्।

मौद्रिक नीतिमार्फत ल्याइएका कर्जाको पुनर्तालिकीकरण, कृषिमा कर्जाबृद्धि आदि सकारात्मक रहेपनि काम भने हेर्नुपर्ने बताएका छन् । 

‘कर्जाको पुनर्तालिकीकरण, कृषिमा कर्जाबृद्धि आदि सकारात्मक छन्त र भोजनको स्वाद चाखेर भने झैं व्यवहार’, उनले भने । 

५ बर्ष अगाडि

प्रतिक्रिया