सगरमाथा इन्स्योरेन्स कम्पनी २५ औ वर्षमा प्रवेश

५ बर्ष अगाडि

सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ  ।

उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाको कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केक काटेर वार्षिकउत्सव मनाएको छ । त्यस्तै कम्पनीले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५ औ वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभर छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका बिविध कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ । 

कम्पनीकोे चुक्ता पुँजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६÷७७ को असार मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमांश शुल्क संकलन गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया