नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा रु ५०० रुपैयाँले घटेको छ ।
बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदी तोलामा ९९५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया