शोधनान्तर स्थितीमा उलेख्य प्रगति, जेठसम्म १ खर्ब २१ अर्बले नाफामा

५ बर्ष अगाडि

काठमाडौं – अघिल्लो आर्थिक बर्ष भर घाटामा रहेको शोधनान्तर स्थिती आर्थिक बर्ष २०७६÷७७को जेठसम्म आउँदा रु. १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा
शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ११ महिनाको वित्तिय अवस्था बिषयक प्रतिवेदनले यस्तो देखाएको हो । 

बिशेषगरि पछिल्लो समय कोरोनाका कारण आयात प्रभावित हुदाँ विदेशी मुद्रा बाहिरन पाएको छैन । फलस्वरुप पछिल्लो समय शोधनान्तर नाफामा उलेख्य प्रगति देखिएको नेपाल राष्ट्र बैंकको भनाइ छ । 
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको  दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । 

यस्तै समीक्षा अवधिमा चालु खाता घाटा रु.१०५ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२२१ अर्ब ७७ करोड रहेको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।

यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७ करोड रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया