आजदेखि करमा बायोमेट्रिक प्रणाली, कर कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने

५ बर्ष अगाडि

सरकारले आजदेखि राजस्व कार्यालय नगइकन ब्यक्तिगत  प्यान नम्बर लिन सकिने व्यवस्था शुरु गरेको छ । 

आन्तरिक राजश्व कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एप सँग समन्वय गरी आजैका दिनदेखि विद्युतिय माध्यमबाट व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाएको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बताए । 

विभागले कर तिर्ने प्रकृयालाई प्रभावकारी बनाउनका लागि बायोमेट्रिक प्रणाली शुरु गरेको छ । आजदेखि बायोमेट्रिक प्रणाली शुरु गरिएको हो । 

आजैदेखि विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि गरिएको विभागका महानिर्देशक  कुँवरले बताए । 

सबै व्यवसायीक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रीयल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उनले बताए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया