२० लाख भन्दा कम कारोबार गर्ने करदाताका लागि नयाँ प्रणाली

५ बर्ष अगाडि

सरकारले २० लाख भन्दा कम करोबार गर्ने र २ लाख सम्मको आम्दानी गर्ने करदाताका लागि आजदेखि नयाँ कर प्रणाली शुरु गरेको छ । 

कर बुझाउन झण्झटीलो प्रकृया अन्त्य गर्नका लागि आजदेखि नयाँ करण प्रणाली शुरु भएको हो । 

प्रणालीको अर्थमन्त्री डा. युबराज खतिवडाले  नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए । 

यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटीले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए । 

 आज देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीको भनाई छ । 

 आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने ध्येयका साथ काम गरिएको आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले बताए । 

यो नयाँ प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था गरेको छ । 

कुँवरले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेस गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी दिए । 

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाख सम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले आज देखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया