दोहोरो अकंले बढ्यो नेप्से,१ अर्ब माथिको कारोबार

५ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन (आज बिहिबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातबाटै उकालो यात्रा गरेको नेप्से परिसूचक आज भने ३२  अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३६२,५० को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३९४.७७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि ६.१ अंकले बढेकोे  छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य १२ वटै उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १८० कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४१ करोड  रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया