काठमाडौं – नेपाल राष्ट्र बैंकले बिभिन्न कम्पनी तथा क्षेत्रमा तोकिएको सिमा भन्दा बढी मात्रामा लगानी गरेको पाइएको छ । राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकले कुनै पनि संस्थाको कुल पुँजीमा १० प्रतिशत भन्दा बढी शेयर लगानी गर्न पाउँदैन । तर, राष्ट्र बैंकले त्यो सिमा भन्दा माथि गएर लगानी गरेको खुलासा भएको हो ।
महालेख परिक्षकको ५७ औं बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार राष्ट्र बैंकले कृषि उत्पादन सेवा केन्द्रमा ६२.५० प्रततशत, राष्ट्रिय बीमा संस्थानमा ५५.५६ प्रतिशत, नेपाल स्टक एक्सचेन्जमा ३४.६० प्रतिशत, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रमा ३१.५२ प्रतितशत, नागरिक लगानी कोषमा १३.३५ प्रतिशत र कर्जा सुचना केन्द्रमा १०.२५ प्रतिशत हिस्सा हुने गरि शेयर लगानी गरेको छ, जुन ऐन विपरीत हो । अब ऐनले तोकेको सिमाभामा रहेर राष्ट्र बैंकले लगानी गर्नुपर्ने महालेखाको सुझाव छ ।
प्रतिक्रिया