आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २६.३६ अंकले उकालो लागेको छ ।
कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २६ अकंले उकालो लागेको हो ।
आज १३६२.५० को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३८८.८० को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १३६२।५० को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.९४ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११ वटा उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७८ कम्पनीको १९ लाख ५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया