कोरोना भाइरसको प्रभावः घट्यो सोल्टी होटेलको नाफा, चौथौ त्रैमासिक अझै प्रभावित हुने

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको तेस्रो त्रैमास (मार्च ३१ तारिख) सम्म आउँदा सोल्टी होटेल लिमिटेडको नाफामा घटेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
 
बिशेषगरि कोरोना भाइरसका कारण होटेल व्यवसाय प्रभावित भएपछि उक्त कम्पनीको नाफा घटेको हो । वित्तिय विवरणअनुसार कम्पनीको नाफा ९ करोड भन्दा बढीले घटेको छ । 
गत आवको सोही अवधीमा उक्त होटेलले रु. २३ करोड १० लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो, तर यस पटक त्यो भन्दा कम अर्थात् रु. १४ करोड ५ लाख ४७ हजार खुद नाफा कमाएको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ । 
लकडाउनका कारण चोथौ त्रैमासमा  लकडाउन अवधीमा वितेको हुनाले उक्त अवधीको वित्तिय अवस्था अझै प्रतिकुल हुने कम्पनीको भनाइ छ । 
यस अवधीमा कम्पनीले १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । गत आवको सो अवधीमा भने कम्पनीले रु. १ अर्ब ३१ करोड भन्दा बढीको कारोबार गरेको थियो । 
कम्पनीको चुक्तापुँजी रु. ७३ करोड २६ लाख भन्दा बढी छ । कम्पनीले आफ्नो जगेडामा भने ९५ करोड ३० लाख रुपैयाँ राखेको छ । 
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १.९२ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ २३.०१, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३५.४७ रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया