आजबाट अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

५ बर्ष अगाडि

आज  बिहिबारदेखि अन्य बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

यसअघि कोरोना संक्रमण रोक्न सरकारले अपनाएको नीतिलाई सघाउन एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गरे पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

डिजिटल कारोबारलाई प्राथमिकता दिने भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा निःशुल्क प्रदान गर्दै आएका थिए ।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त सूचना जारी गर्दै यो सुविधा फिर्ता लिएको जानकारी गराएका छन् ।
हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेको हुनाले आज नयाँ आर्थिक वर्षदेखि शुल्क लिने जानकारी उक्त सूचनामा उल्लेख गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया