कारोबारको पहिलो घण्टा :सामान्य अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ४.८५ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ५अकंले उकालो लागेको हो ।

आज १३४७.९१ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३५२.३० को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३४७.९१ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  ०.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा  उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६५ कम्पनीको ५ लाख ९७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया