काठमाडौं – चालु आर्थिक बर्षको चैत १८ गतेसम्म र्याडिसन अर्थात् ओरियण्टल होलेट लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
बिशेषगरि कोरोना भाइरसले उब्जाएको परिस्थीतिका कारण नै कम्पनीको नाफा घटेको हो । गत आवको सो अवधीमा कम्नपीले २० करोड ७४ लाख ५५ हजार खुद नाफा कमाएको थियो । तर, यस पटक भने रु. ११ करोड ४६ लाख ९६ हजार खुद कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।
कम्पनीको कुल नाफा भने ५९ करोड ९२ लाख रहेको छ ।
यस्तै, कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ । गत आवको सो अवधीमा कम्पनीले ८७ करोड ६१ लाख आम्दानी गरेको थियो । तर, यस पटक ६९ करोड ९० लाख ३३ हजार आम्दानी गरेको वित्तिय विवरणमा उल्लेख छ ।
कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा १ अर्ब १३ करोड भन्दा बढी रकम छ ।
प्रतिक्रिया